अर्थ संसार, काठमाडौं -नेपालमा थप १७ जना थपिएपछि कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । बिहीवार झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जनामा कोरोना संक्रमण पूष्टि भएको स्वास्थ्य तथा जन संख्या मन्त्रालयले बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिका– ३, ६ र ८ मा १५ जनामा कोरोना भाइरस संक्रमण पूष्टि भएको छ । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् ।
यसैगरी धनकुटा जिल्ला घर भएका ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका वस्ने ५१ वर्षीया महिलामा पनि कोराना पूष्टि भएको भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जनामा नयाँ संक्रमण पूष्टि भएको हो ।उनीहरुको स्वास्थ्य हालसम्म सामान्य रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस