Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाको औषधि प्रयोगमा डब्ल्यूएचओले किन लगायाे राेक ?

निशा हुमाँगाई

मंगलबार, १३ जेठ २०७७, १० : ३२ मा प्रकाशित

कोरोनाको औषधि प्रयोगमा डब्ल्यूएचओले किन लगायाे राेक ?

अर्थ संसार काठमाडाैं - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोराेना भाइरस (काेभिड १९) को उपचारको सम्भावित उपचारको रुपमा गरिएको हाइड्रोक्सीक्लोरोक्वीनको क्लिनिकल परीक्षणमा रोक लगाएको छ । 

डब्ल्यूएचओले मलेरियाका बिरामीमाथि प्रयाेग हुने औषधि ‘हाइड्रोक्सीक्लोरोक्वाइन’ लाई काेभिड-१९ (काेराेना भाइरस) का बिरामीमाथि प्रयाेग नगर्न आह्वान गरेकाे हाे । 

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले खुलेआम उक्त औषधि सेवन गरिरहेकाे बताएका थिए र उनले आफ्ना नागरिकलाई समेत प्रयोग गर्न सिफारिस गर्दै आएका छन् । हाल याे औषधि अमेरिकामा मात्र नभएर भारतलगायत अन्य देशमा पनि काेराेनाविरूद्ध प्रयाेग गरिँदै आएकाे छ ।

तसर्थ गत हप्ता प्रकाशनमा आएको एक अध्ययनको रिपोर्टले सो औषधिको प्रयोगका कारण कोभिड १९ का बिरामीहरुको मृत्यु हुने सम्भावना बढ्न सक्ने निष्कर्षपछि यस्तो निर्णय भएको डब्ल्यूएचओका प्रमुखले बताएका छन् ।

त्यसैगरी, औषधिको सुरक्षित प्रयोगबारे डाटा सेफ्टी मोनिटरिङ बोर्डले अध्ययन गर्ने डब्ल्यूएचओका निर्देशक डा. टेड्रोस एडहानम ग्याब्रियासिसले जानकारी दिएका छन् । 

डब्ल्यूएचओले सुरक्षाको कारण देखाउँदै सोमबार ‘अस्थायी रुपमा’ सो परीक्षणमा रोक लगाएको हाे । (एजेन्सीकाे सहयाेगमा)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको