Like us!
Follow us!
Connect us!
Watch us!

‘कोरोनाविरुद्धको खोपको रोगप्रतिरोधात्मक क्षमता एक वर्षका लागि पनि नहुँन सक्छ्’

अर्थ संसार

शनिबार, २४ जेठ २०७७, १२ : ४१ मा प्रकाशित

‘कोरोनाविरुद्धको खोपको रोगप्रतिरोधात्मक क्षमता एक वर्षका लागि पनि नहुँन सक्छ्’

अर्थ संसार, काठमाडौं । कोरोना विरुद्धको खोपले एक वर्षका लागि समेत प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँन नसक्ने विज्ञहरुले बताएका छन् ।
अमेरिकी विशेषज्ञ डा एन्थोनी फौसीले कोरोनाविरुद्धकाे खोप चाडैं बनेपनि त्यसको प्रभावकारीता कम रहने बताएका हुन् ।

अमेरिकी सरकारका स्वास्थ्य सल्लाहकार फौसीले रुघाखोकी जस्तो सामान्य रोग गराउने खालको कोरोनाभाइरसविरुद्धको खोपले पनि ३ देखि ६ महिनाका लागि मात्रै प्रतिरक्षा प्रणालीलाई बलिाये बनाउँने उल्लेख गरेका छन् ।


कोभिड–१९ सामान्य रुघाखोकी भन्दा जटिल संक्रमण हो । 


अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थानले फार्मास्युटिकल कम्पनी मोडर्नाले बनाएकोे खोपको विकास गरिरहेको छ । जुलाईसम्मा ३० हजार मानिसमा उक्त खोपको तेस्रो र चौंथो परीक्षण हुने भएको छ ।


डा. फौसीले सन् २०२१ भित्रमा कोरोना भाइरसविरुद्धका करोडौं डोज खोप विकास हुनसक्ने बताएका छन् । यद्यपी उक्त खोपहरुको प्रभावकारीता भने दिगो नहुनसक्ने उनको भनाइ छ ।


उनले अन्तिम चरणको परिक्षणबाट खोपले रोगप्रतिरोधात्मक क्षमता कति लामो समयसम्म र कति बलियो बनाउँछ भन्ने कुराको संकेत मिल्ने बताएका छन् ।
कोरोना भाइरसविरुद्धको खोपको विकासमा सयौं फार्मास्युटिकल कम्पनीहरु लागि परेका छन् ।

केहि कम्पनीका खोपहरु पहिलो चरणमा सफल र प्रभावकारि देखिएका छन् ।  ती अक्सफोर्ड, मोर्डना र चीनले बनाएको खोपहरु हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको