Like us!
Follow us!
Connect us!
Watch us!

शिव श्री हाइड्रोपावरको अवितरित सेयर लिलाम बिक्रीमा

अर्थ संसार

विहीबार, २० कार्तिक २०८२, ०८ : २३ मा प्रकाशित

शिव श्री हाइड्रोपावरको अवितरित सेयर लिलाम बिक्रीमा

शिव श्री हाइड्रोपावर लिमिटेडको अवितरित सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले सर्वसाधारण समूहको ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद सेयर आजदेखि लिलाम बिक्रीमा राखेको हो । 

कम्पनीले भदौ १९ देखि असोज २३ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको सो सेयर अब विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत सबैले किन्न पाउने गरी लिलाममा राखेको छ । कम्पनीले सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ । यसमा आवेदन दिंदा कम्तीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने कुनै संख्यामा वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । कात्तिक २७ गते बिहीबार दिउँसो ३ बजेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

यस्तो बोलपत्र डिल्लीबजारस्थित (बिक्री प्रबन्धक) सिटिजन्स क्यापिटल लिमिटेड र सिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत जनकपुर (भानुचोक), नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) र हेटौंडा शाखा कार्यालयमा पाइँनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको