Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा इन्स्योरेन्सकाे शेयरधनीलाई लाभांश सम्बन्धी अत्यन्तै जरूरी सूचना

निशा हुमाँगाई

बुधबार, १० असार २०७७, १४ : १६ मा प्रकाशित

सगरमाथा इन्स्योरेन्सकाे शेयरधनीलाई लाभांश सम्बन्धी अत्यन्तै जरूरी सूचना

अर्थ संसार,काठमाडाैं - सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई विगत पाँच वर्ष भन्दा पुरानो लाभांश लिन आह्वान गरेकाे छ । इन्स्योरेन्सले एक सूचना जारी गर्दै ५ वर्ष यताको लाभांश लिन बाँकी रहेका शेयरधनी वा हकवालाहरुलाई लाभांश संकलन गर्न बाेलाएकाे हाे ।

शेयरधनीहरुले इन्स्योरेन्सकाे शेयर रजिष्ट्रार ग्लाेबल आइएमई क्यापिटल लिमिटेडमार्फत लाभांश पूँर्जा र नगद संकलन गर्न सक्नेछन् । कम्पनी ऐन बमोजिम लाभांश वितरण गर्ने निर्णय भएको पाँच वर्षसम्म संकलन नगर्ने लगानीकर्ताको लाभांश लगानीकर्ता संरक्षण कोषमा पठाउनुपर्ने हुन्छ।

शेयरधनीहरुले उक्त लाभांश संकलन नगरेमा साे रकम स्वत: लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकाले कम्पनी शेयरधनीहरूलाई लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनु पहिला नै लाभांश संकलन गर्न आग्रह गरेको छ ।

कम्पनीले लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई कम्पनीले ताेकिएकाे प्रक्रिया पुरा गरी नगद लाभांश लिन आउन आग्रह गरेकाे हाे । विभिन्न आर्थिक वर्षको लाभांश लिन बाँकी सदस्यहरुको विवरण कम्पनीको वेबसाइटमा राखिएको कम्पनीले जनाएकाे छ ।

 कम्पनीले आर्थिक वर्ष २०६९/ ०७० मा २० प्रतिशत बोनस शेयर र २२ दशमलव १ प्रतिशत नगद लाभांश दिएको थियो भने आर्थिक वर्ष २०७४/ ७५ को नाफाबाट ८६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । कम्पनीको उक्त अहिलेसम्मकै उत्कृष्ट लाभांश हो ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको