Like us!
Follow us!
Connect us!
Watch us!

टोखाको बजेट डेढ अर्ब माथी, कुन क्षेत्रमा कति ?

निशा हुमाँगाई

विहीबार, ११ असार २०७७, ०७ : ४९ मा प्रकाशित

टोखाको बजेट डेढ अर्ब माथी, कुन क्षेत्रमा कति ?

अर्थ संसार, काठमाडौं – टोखा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि एक अर्ब ५८ करोड ४१ लाख ७७ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले बुधबारको सातौँ नगरसभामा आगामी आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गरेको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले प्रस्तुत गरेकाे बजेटमा पूँजीगततर्फ एक अर्ब ४४ करोड रूपैयाँ र कार्यालय सञ्चालनको लागि १४ करोड १५ लाख रूपैयाँ रहेको छ ।

नगरपालिकाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । टोखाले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर बजेट विनियोजन गरेको हो ।

टोखाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्यका लागि रु तीन करोड, शिक्षाका लागि रु एक करोड ६० लाख, कृषिलाई रु ५० लाख, महिला विकासका लागि रु ३० लाख, पशुसेवाका लागि रु ३० लाख, सहकारीका लागि रु ३० लाख रहेको छ । यस्तै, टोखाले चालु नगरका विकासका आयोजनाका लागि रु दुई करोड २५ लाख विनियोजन गरेको छ ।

हिजाे (बुधबार) को नगरसभामा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको