Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाबाट काठमाडौंमा एक व्यक्तिको मृत्यु

निशा हुमाँगाई

शुक्रबार, १९ असार २०७७, १६ : ३५ मा प्रकाशित

कोरोनाबाट काठमाडौंमा एक व्यक्तिको मृत्यु

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । 

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडौंको नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जानकारी दिएका हुन् । 

डा. जागेश्वर गाैतमले दिएकाे जानकारी अनुसार उनी उच्च रक्तचाप र पार्किन्सन्सका बिरामी थिए । छाती दुखेको र पिसाब कम भएको समस्याका कारण उनी काठमाडौंको एक निजी अस्पतालमा उपचारका लागि पुगेका थिए ।  उपचारको क्रममा उनको असार १७ गते राति ११ बजे मृत्यु भएको हाे ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको