Like us!
Follow us!
Connect us!
Watch us!

शेर्पेनी कोल : साहसिक पदमार्गको नमुना

मंगलबार, ०६ साउन २०७७, १२ : २७ मा प्रकाशित

शेर्पेनी कोल : साहसिक पदमार्गको नमुना

लेख्नलाई अरु धेरै विषयहरु हुँदाहुँदै पनि आज म साहसिक पर्यटनबारे लेख्दै छु । त्यो पनि हाम्रै देश नेपालमा रहेको साहसिक पदमार्गका बारेमा । हुन त आजभोलि (कोभिड–१९) का कारण विश्वभरिकै पर्यटन उद्योग–व्यवसाय डावाँडोल अवस्था रहेमो छ । तापिन ... नेपालको मात्रै विश्वकै उच्च हिमालमा पदयात्रा गरिने पदमार्गको नाम हो –‘शेर्पेनी कोल ।’ नेपालमा रहेको सबैभन्दा उच्च हिमाली क्षेत्र पार गरेर पदयात्रा गरिने मार्ग शेर्पेनी कोलको बारेमा यहाँ केही लेख्ने प्रयास गरिएको छ  । 

हालसम्म सर्वेक्षण गरेको नभए तापनि संभवतः यो पदयात्रा मार्ग विश्वकै अग्लो पदयात्रा मार्ग हो ! पहिलेपहिले विदेशी पर्यटकहरु काठमाण्डौ, धरान, धनकुटा हँुदै हिलेसम्म गाडीमा जान्थे भने हिलेबाट पैदल यात्रा सुरु हुन्थ्यो । हवाईजहाजमार्पmत पनि काठमाडौं वा विराटनगर–तुम्लिङटार हँुदै विदेशी पर्यटकहरु जान्थे भने, उनीहरु तुम्लिङटारबाट पैदल यात्रा सुरु गर्थे  । 

हाल हिउँद याममा संखुवासभाको नुम–भोटखोलासम्ममै गाडी चल्ने गरेको छ । त्यसैले प्रायः पदयात्रीहरु पनि हिउँद याममा नुम–भोटखोलासम्मै गाडीमा जान्छन् भने त्यहाँबाट पैदल यात्रा थाल्छन् । यसरी संखुवासभा जिल्लाको नुम, टाशी गाऊँ, याङले खर्क, खोङमा–ला, मकालु बेस क्याम्प, बरुत्से बेस क्याम्प हुँदै शेर्पेनी–कोल पास गरेर सोलुखुम्बुको मेरा–ला, खारे, ठाङना, क्षेत्र–ला हुँदै लुक्ला पुगेर पदयात्रा सकिन्छ । अथवा कोहीकोही पदयात्रीहरुले भने मेरा–लाबाट आम्फु लाप्चा हुँदै छुकुङ निक्लेर दिङबोचे, फेरिचे, पाङबोचे, तेङबोचे, नाम्चे हुँदै लुक्लामा आएर पदयात्रा समाप्त गर्छन् । 

स्मरणीय छ, तुम्लिङटार विश्वकै होचो उपत्यका पनि हो । यो पदयात्रा मार्गमा पदयात्रा गर्न धेरै जसो विदेशी पर्यटकहरु अभैm पनि तुम्लिङटारसम्म जहाजमै जान्छन् । तुम्लिङटार लगायत वरिपरिको फेरोलाई अरुण उपत्यका भनेर पनि चिनिन्छ भने यो विश्वकै होचो उपत्यका पनि हो भन्ने त माथि नै उल्लेख गरियो । शभाया खोला र अरुण नदीको डीलमा अवस्थित तुम्लिङटारमा मिश्रित जात जातिको बसोबास रहेको छ । जस्तो किराती (राई !), लिम्बु, नेवार, मगर, गुरुङ, क्षेत्री, बाहुन, कामी, दमाई, कुमाल, माझी आदि । हुन त तुम्लिङटार केबल विश्वको होचो उपत्यका मात्र नभएर करिब छ सय प्रजातिका चरा चुरुङ्गीहरुको बासस्थान पनि हो । त्यस्तै कतिपय नेपालमा मात्रै पाइने रैथाने जातका चराहरु पनि यहाँ पाइन्छन् । त्यसबाहेक कस्तुरी, मृग, थार, घोरल, चितुवा आदि जंगली जनावरहरु पनि बाटामा प्रशस्तै देख्न र भेट्न सकिन्छ । 

यो पदयात्रा मार्गमा विभिन्न उपमार्गहरु पनि छन् । तापनि मानेभञ्ज्याङ, चिचिला, तुम, सेदुवा, टासिगाउँ, खोङ्मा डाँडा, नुम्बुक, हिलारी बेस क्याम्प हुँदै शेर्पेनी कोल (६,१२५ मिटर) मा क्याम्प एक दिन गर्नुपर्छ । यहाँबाट सीधा भिरालो (पर्वतारोहण÷पदयात्राको भाषामा भन्नु पर्दा ‘स्टिभ’) बाटो भएर पार गर्नु पर्छ । यो बाटो पूरै हिउँले ढाकेको छ, जहाँ निलो जमेको ‘ब्लु आइस’ पनि देखिन्छ । यस्तो हिउँको ढिक्काको बाटो हँुदै हिँडेर पास गर्नु पर्छ भने भोलिपल्ट, ६,२०० मिटरको हाराहारीमा बरुणत्चे हिमालको क्याम्प–१ मा बास बस्नु पर्छ । यो मार्गमा टासी गाउँसम्म मान्छेको बसोबास छ । यहाँ २०–३० घर भोटिया (शेर्पा) हरु छन् । यसपछि प्रायः सबै क्याम्प खर्क र चउरमा गरिन्छ भने हिलारी बेस क्याम्पदेखि हिउँमाथि हिँड्न सुरु गर्नुपर्छ । हिलारी बेस क्याम्प ४,२०० मिटर उचाइमा अवस्थित छ भने एक दिन नाक ठोक्किने गरी उकालो हिँड्नु पर्छ ।

जब शेर्पेनी कोल र बरुणसे– क्याम्प १ बीचको ६,२०० मिटरको सेरोफेरोमा पदयात्रीहरु यात्रा गरिरहेका हुन्छन्, त्यतिबेला ले उनीहरु खुबै सास्ती पनि खेपीरहेका हुन्छन् । किनभने, उच्च हिमाली भेगमा अक्सिजन कम हुन्छ । त्यसै पनि हिउँमाथि यात्रा गरिरहेका हुन्छन् । केही पनि पदयात्रीहरुल आपूm थाकेको बेला बिसाउने र आराम गर्ने र सजिलोसँग बस्ने ठाउँ हुँदैन । त्यसैले हिँड्दा हिँड्दै थकाई लागेमा हिउँमाथि नै थचारिएर सास लिन्छन्, विचरा भन्न लायक पदयात्रीहरु ! त्यो बेला उनीहरुको हालत वास्तवमै हेरी नसक्नु हुन्छ । भरियाहरुको अवस्था झन् बढी दयनीय हुन्छ । कतिपय पदयात्री तथा भरियाहरु उच्च हिमाली भेगमा अत्यधिक चिसोका कारण लाग्ने अस्थाई रोग (फोक्सो र दिमागमा पानी जम्ने) को कारणले गर्दा सिकिस्तै हुन्छन् भने केहीको हिँड्दाहिँड्दै ज्यानै जान पनि सक्छ ।

कोहीले डोरीबाट चिप्लिएर पनि सिलटिम्बुर खान्छन् (प्रविधिमा आएको परिवर्तनसँगै यो क्रम धेरै कम भएको छ) । स्मरणीय छ, शेर्पेनी कोल पास गरेर बरुणत्चे बेस क्याम्प आउने दिन ५०० मिटरजति डोरी टाँग्नु पर्छ । मान्छे, खाना, पाल, बेडिङ, किचन गियर प्रायः सबै सरसामान डोरीबाटै पास गर्नु पर्छ । कतिपय भरियाहरुले भारी बोक्न नसकेर खानाको भारी बाटो (हिऊँमै !) छाडेर हिंँड्छन् । हुन पनि ज्यानभन्दा ठूलो त होइनन् ती खानेकुरा र सरसामानहरु ! त्यसरी छाडेको खानाहरु बीचका हिम बाटामा प्रशस्तै देख्न, भेट्न सकिन्छ । कतैकतै त मान्छेको लास पनि भेटिन्छ । ती प्रायः नेपालीहरुको लास हुन्छ । 

हुन  पनि त्यस्तो अप्ठारो र कठिन बाटोमा तगडा शेर्पां (पदीय हिसाबले गाइड) भएन भने पदयात्रा डाँवाडोल नै हुन्छ । डोरी कसले टाङ्ने ? भरियालाई कसले सहयोग गर्ने ? गु्रपलाई कसले डोर्याउने ? त्यसमाथि तिर्खा लाग्दा पानी पिउनसमेत पाइँदैन । दिउँसोको चर्को घाममा हिउँ टल्किएर आँखाले केही देखिदैन । भारी बोक्ने मान्छेलाई पार लगाउँदाको हैरान हुन्छन्, शेर्पाहरु । फेरि तल बस्नेले गलत संंकेत दियो भने दूर्घटना हुने संभावना पनि बढी हुन्छ । त्यसैले यो मार्गमा पदयात्रा गर्दा जुनसुकै देशका पर्यटकहरु आपूmलाई गौरवान्वित भएको ठान्छन्, भाग्यमानी ठान्छन् । किनकि, यो पदयात्रा मार्गमा पदयात्रा गर्ने पर्यटकहरुले विश्वकै उच्च हिमाली भेगको साहसिक पदयात्रा गर्न सफल हुन्छन् । 

त्यस्तै पहिलो कान्छो सगरमाथा आरोही एवम् हिमालयज एक्टिभीजका अध्यक्ष शम्भु तामाङ जो तीनपटक यस रुटबाट पदयात्रा गरिसेका छन्, उनी भन्छन्– “यो रुटमा पदयात्रा गर्न वास्तवै विश्वका साहसिक पदयात्रीहरुले मात्रै आँट गर्न सक्छन् । किनभने, ३–४ दिनसम्म हिउँनै हिउँमा हिँड्नु पर्छ । त्यसमाथि शेर्र्पेनी कोल पास गर्नका लागि हिमाल चढ्ने सामान्य प्राविधिक ज्ञानको पनि जरुरी हुन्छ । कतिपय पदयात्रीहरु एक्युपमेन्ट तयार गरेर  शरीरमा फिट गरी पठाउँदा समेत बीचमा पुगेपछि आत्तिन थाल्छन् ।” 

विगतमा सूचना र सञ्चारको अभाव तथा मानव वस्तीविहीनताका कारण बीच बाटोमा केही गरी विदेशी पर्यटक अथवा नेपाली स्टाफहरु बिरामी भई हालेमा उद्धारका लागि हेलीकप्टर मगाउन पनि संभव हुन्थेन । विरामीलाई बचाउन सके वा बाँचेमा मान्छेले बोकेरै उद्धार गरिन्थ्यो । मरेमा ... । किनभने, त्यस्तो अन्नकन्टार हिउँ नै हिउँको बाटोमा विरामीलाई फिर्ता पठाउन पनि कम्तिमा २–३ जना स्टाफ साथ लगाएर पठाउनुपर्ने हुन्थ्यो । बिरामी एक्लै फर्किन संभव नै हुँंदैन । खाना र पाल पनि बिरामीसँगै पठाउनु पथ्र्यो । बाटोमा बस्ने र खाने केही पाइँदैनथ्यो । 

यो पदयात्रामा आउने विदेशी पदयात्रीहरु बरुणत्चेबाट कोही आमालाप्चा, मिङमाला पास भएर छुकुङतिर निक्लन्छन् भने कोही सेतो पोखरी, रातो ओढार, मेरा–ला, ठाङना क्षेत्र ला हुँदै लुक्लामा आफ्नो पैदल यात्रा टुङ्ग्याउँछन् । यसरी विश्वको अप्ठेरो र उच्च हिमाली मार्ग भएर पास गर्नुपर्ने टासीलाप्चा पास (रोल्वालिङ क्षेत्र) लाई पनि माथ गर्ने पदयात्रा मार्ग हो ‘–शेर्पेनी कोल ।’ यस मार्गको खतरापूर्ण र साहसिक पदयात्रा गर्न पाउँदा विदेशी पर्यटकहरु अन्तर ह्रदयदेखि नै हर्ष विभोर हुन्छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको