Like us!
Follow us!
Connect us!
Watch us!

'सुमदायमा कोरोना संक्रमणको जोखिम बढ्यो,यस्तो रणनीति अबलम्बन गरौँ '

डा. रविन्द्र पाण्डे

मंगलबार, १३ साउन २०७७, १७ : २५ मा प्रकाशित

'सुमदायमा कोरोना संक्रमणको जोखिम बढ्यो,यस्तो रणनीति अबलम्बन गरौँ '

केहि दिन सुस्ताएको कोरोना संक्रमितको ग्राफ आज एकाएक बढेको छ | परीक्षणको दर न्यून ( करिब ५ हजार ) भएपनि आज काठमाडौं उपत्याकामा ५३ जना ( काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरेर ) नयाँ संक्रमितको पहिचान भएको छ | त्यति मात्र हैन काठमाडौं उपत्याका वरिपरिका अधिकांश जिल्लामा पनि केहि संक्रमितको पहिचान भएको छ | सरकारले कन्ट्याक्ट ट्रेसिंग तथा संबेदनशील स्थानहरुमा परीक्षणको गति बढाउने हो भने थप संक्रमितहरुको पहिचान हुनेछ |

पछिल्लो समयमा तराइका बिभिन्न जिल्लामा कोरोना संक्रमण बढिरहेको अवस्थामा सुरक्षित हुनको लागि काठमाडौं उपत्याका प्रवेश गर्ने व्यक्तिहरुको संख्या उल्लेख्य रुपमा बढेको छयसले गर्दा काठमाडौं उपत्यका थप जोखिमयुक्त बनेको छ | ४० लाख जनसंख्या रहेको कचौराजस्तो काठमाडौं उपत्याकामा कोरोना संक्रमण समुदायमा फैलियो भने हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन | सरकारले आवागमनमा भएको फितलोपनलाई नियमन गर्नु जरुरी छ

त्यस्तै भारतसंग सिमा जोडिएको तराइ क्षेत्रमा परीक्षण निकै कम भएको छ | पहिले संक्रमणको चपेटामा परेका पहाडी क्षेत्र तथा अन्य सहरी क्षेत्रको परीक्षण दयनीय छ यी क्षेत्रमा संक्रमण बढ्दो गतिमा देखिएको छ | सरकारले यी क्षेत्रका जनचेतना कम भएका बर्गमा परीक्षणलाई घनीभूत गराउने हो भने हामीले कल्पना गरेभन्दा अग्लो ग्राफ देखिनेछ | परिक्षणको दर जति बढायो, त्यति धेरै संक्रमितको पहिचान हुनेछ | जति धेरै संक्रमित पहिचान भयो त्यति धेरै समाज सुरक्षित हुन्छ, संक्रमण नियन्त्रण हुन्छ |

सरकारले सिमा क्षेत्रमा सुरक्षाकर्मी तथा स्थानीय नागरिकको संयुक्त गस्ती बढाएर अबैध आवतजावतलाई नियन्त्रण गर्नु जरुरी छ | सिंगो देशमा ब्यापक परीक्षण गरेर रेड, एल्लो र ग्रीन जोन निर्क्यौल गर्ने हो भने कोरोना संक्रमण नियन्त्रण गर्ने रणनीति बनाउन धेरै सजिलो हुन्छ | यसो भयो भने रेड जोनलाई लकडाउन गर्ने वा आबश्यक परे कर्फ्यु लगाउने, एल्लो जोनमा कडाइ गर्ने तथा ग्रीन जोनमा जनस्वास्थ्यका मापदण्ड अपनाएर यातायात लगायतका गतिबिधि सुचारु गर्न सकिन्छ | रेड जोनमा आवतजावत नरोक्ने हो भने हाम्रो अवस्था अकल्पनीय हुनेछ |

शैक्षिक संस्था, हवाइ यातायात, सार्वजनिक यातायात लगायतका सेवा सुबिधा खोल्नको लागि यी ३ बटा जोन निर्धारण गर्नु अपरिहार्य छ | त्यस्तै अन्तराष्ट्रिय उडान नेपालीलाई स्वदेश ल्याउने तथा नेपालमा अड्केक बिदेशी तथा नेपालीलाई अर्को ट्रान्जिटसम्म पुर्याउन बाहेक खोल्नु हुँदैन | अन्यथा भारत, बंगलादेश लगायतका देशबाट हजारौं संक्रमित आउने जोखिम रहन्छ |

सरकारले हतार गरेर तथा बैज्ञानिक बिधि नअपनाएर हचुवाको भरमा सबै क्षेत्र खोल्यो भने ती क्षेत्र संचालन नहुने तथा जोखिम निकै बढ्ने दोहोरो खतरा हुनसक्छ | सरकारको अर्जुनदृष्टि कोरोना संक्रमण नियन्त्रण र नागरिकलाई राहत तथा सहुलियत दिनेतर्फ केन्द्रित हुनु जरुरी छ | सबै मन्त्रालय, प्रदेश सरकार र स्थानीय निकायले यो महामारीमा अत्यन्तै जिम्मेवार भएर तथा समन्वय गरेर काम गर्नु अपरिहार्य छ | चाडपर्वको लागि लाखौँ नेपाली स्वदेश आउने अनुमान गरेर अहिल्यै क्वारेन्टाइन तथा परीक्षणको चुस्त तयारी गर्नु जरुरी छ | संक्रमण निकै बढेमा चाहिने अक्सिजन, रगत, आइसीयु बेड, भेन्टिलेटर तथा दक्ष जनशक्ति तयारी अवस्थामा राख्नु पर्दछ | अन्तिम समयमा मात्र ब्युंझिने हाम्रो परिपाटी महामारीको समयमा घातक बन्न सक्छ |

महामारी नियन्त्रण गर्नको लागि सरकार, मेडिया तथा आम नागरिकको एकता र संयुक्त प्रयास आवश्यक हुन्छ | यस्तो घडीमा हामीमा अन्तर्निहित बिमतिलाई थाति राखेर महामारीसंग संयुक्तरुपमा जुध्नु हामी सबैको कर्तब्य हो | एकताको शक्तिले नै हामीले यो महामारीलाई जित्न सक्छौं |

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको