Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार बढोस वा घटोस यसरी गर्नुस सुरक्षित लगानी

मंगलबार, २२ चैत्र २०७३, १२ : ३४ मा प्रकाशित

सेयर बजार बढोस वा घटोस यसरी गर्नुस सुरक्षित लगानी

अर्थ संसार 
काठमाडौँ– सेयर बजार सम्भावनाको बजार हो । कहिले बजार बढ्छ त कहिले घट्छ यो एउटा सामान्य प्रक्रिया हो ।

सधै बजार बढीरहन्छ वा घटीरहन्छ भन्ने होइन, कहिले बढ्छ त कहिले घट्छ , यो सामान्य नियम हो । तर धेरैले यसैलाई नै आफ्नो लगानी सुरक्षित वा असुरक्षित भएको भन्दै चिन्ता गर्ने गरेका छन् ।

तर अवस्था भने त्यस्तो होइन ।सधै बढिरहँदैन र घटि पनि रहँदैन भन्ने पर्याप्त उदाहरण नेपालको पछिल्लो बजार विश्लेषणबाट पनि थाहा पाउन सकिन्छ ।

कम्पनीहरुको अबस्था वा नीतिगत परिवर्तनको कुनै कारण वा आर्थिक, राजनीतिक, प्राकृतिक घटनाले सेयर बजारलाई प्रभाव पार्छ तर माग र आपुर्तिले सन्तुलनमा राखेको हुन्छ ।सेयर बजार सूचक सीधा रेखामा कहिल्यै हिड्दैनयो बांगो टिंगो दिशामा नै हिड्छ ।

पछिल्ला दिनमा बजार केही उकालो लागेको अवस्य नै हो । उकालो लागिरहेको बजारमा बीमा समितिले बीमा कम्पनीहरुको पूँजी बढाउने निर्णय सार्बजनिक गरेपछि बाढी नै आयो ।
आईतबार र सोमबार मध्यान्ह अघिको बजारको दौडलाई पछिल्लो घण्टाको कारोबारले सन्तुलनमा ल्याउने काम गर्यो । माग ज्यादा र आपुर्ति कम हुँदा मूल्य बढ्ने र मूल्य बढेपछि सेयर बेच्नेहरु आएर माग र आपुर्तिलाई सन्तुलनमा राख्ने काम गर्दछन् भन्ने घटनाक्रमले पुस्टि गरेको छ ।
 
बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धिको निर्णयको प्रभावले ती बर्गका कम्पनीहरुको सेयर उठाउनेहरुको चाप बढ्दा बाणिज्य बैंकहरुको सेयरमा पनि लगानीकर्ताको आकर्षण घटेको छैन । तेस्रो त्रैमास सकिनै लाग्दा कुन कम्पनीले कति खुद नाफा गरे भन्ने चर्चा हुने क्रम सुरुभएको छ ।

लगानीकर्तालाई स्थानीय चुनाव, तरलता अभावको समाप्ति, सेयर दलालहरुको शाखा बिस्तार, अनलाईन कारोबार प्रणाली स्थापनाको गृहकार्य लगायत धेरै कुराले बजार बढाउन सहयोग पुगेको बताउने गरेका छन् । लगानीकर्तामा एकप्रकारको उत्साह पनि थपिएको छ ।

पछिल्लो अवस्थाले नयाँ लगानीकर्ताहरुलाई तथ्य बिश्लेषण गरी संयमित भएर लगानी गर्ने आधार खडा गरेको छ । सेयर किन्न र बेच्न पयाप्त अवसरहरु बजारले दिएको छ । सानादेखि ठूला र ब्यक्तिगतदेखि संस्थागत लगानीकर्ताहरु बजारमा प्रबेश गरेर आआफ्नो रणनीति अनुसार किनबेच गरिरहेकै छन् ।

बजार बढेको बेला कमजोर कम्पनीको मूल्य उचालिएको सेयरमा लगानी गर्दा लामो समयसम्म घाटा सहनुपर्छ भन्ने कुरा सबै लगानीकर्ताले मनन् गर्नसक्नु पर्दछ । बजार बढेको हल्लाले यही बेला नयाँ लगानीकर्ताहरु बजारमा छिर्छन र खराब कम्पनीहरुको उचालिएको सेयरमा लगानी गरेर फस्ने सम्भावना हुन्छ, त्यसतर्फ ध्यान दिएर अगाडि बढ्नु आवश्यक हुन्छ ।

अन्यथा प्रतिफलको लोभमा बजारमा भित्रिएका नयाँ लगानीकर्ता उठ्नै नसक्ने गरी भासमा फस्ने सम्भावना रहन्छ । यस्तो बेलामा हल्ला र अफवाह फैलाउनेहरुबाट सतर्क बनी कम्पनीको वास्तविक धरातल पत्ता लगाएर बिकेन्द्रित लगानी गर्नुपर्ने हुन्छ ।

एउटा कम्पनीमा मात्रै होइन विभिन्न दश १५ वटा राम्रा कम्पनी छानेर लगानी गर्दा फाइदा हुन्छ । त्यस्ता लगानीकर्तालाई कम जोखिम हुनेछ । यसो गर्दा पनि सेयर बजार जोखिमको क्षेत्र हो भन्ने विषय भूलियो भने भनेर चाँही भुल्नुहुन्न ।

नेपालको जस्तो बिकास र बिस्तार हुँदै गरेको सेयर बजारबाट भबिष्यमा राम्रो प्रतिफल अबश्य पाउनसक्छ, हतारिएर र अरुको बहकाउमा असुरक्षित लगानी गरे डुब्न पनि बेर छैन ।

अहिलेको अबस्थामा सेयर किन्न मध्यमस्तरका ७०० रुपैयाँसम्म सेयर मूल्य भएका) बाणिज्य बैंक, कारोबार र कमाई बढाउँदै लगेको, बोनस समेत बाडेर आगामी दिनमा पूँजी बृद्धि गर्नसक्ने क्षमता राख्ने बीमा कम्पनी लगानीका उपयुक्त हुने देखिन्छ ।

केही लगानीकर्ताहरु आफ्नो कम्पनीको अबस्था र सेयर मूल्य घटबढ्को हिसाब गर्न छाडी नेप्से कति पुग्ला भन्दै बढी चिन्ता गर्ने गरेर बसेका छन् । त्यसले लगानीको मनोविज्ञान बिगार्नतर्फ मात्रै लाग्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको