Like us!
Follow us!
Connect us!
Watch us!

"हजार किलोमिटरकाे यात्रा एक कदमबाट सुरु हुन्छ", टिम प्रोजेक्ट गमलाको प्रेरणाको कथा (भिडियोसहित)

निशा हुमाँगाई

बुधबार, २८ साउन २०७७, ०५ : ०० मा प्रकाशित

अर्थ संसार, काठमाडौं – नेपाल प्राकृतिक सम्पदा र सुन्दरताले भरीपूर्ण देश हाे । प्राकृतिक सुन्दरतामा नेपाल पनि विश्वका धनी देशको कोटीमा पर्दछ । प्राकृतिक सौन्दर्यतालाई सदाबहार एउटै राख्नु हामी सबैकाे दायित्व हाे । प्राकृतिक सम्पदालाई जोगाई राखेमा मात्र वातावरणको संरक्षण हुन्छ ।

कुशुम मिडिया क्रियशन प्राइभेट लिमिटेडद्वारा संचालित arthasansar.com ले सञ्चालनमा ल्याएकाे कथा प्रेरणाको यस एपिसोडमा हामीले टिम प्रोजेक्ट गमलाको प्रेरणाको कथालाई समेटेका छाैँ ।

वातावरणप्रतिकाे हाम्राे जिम्मेवारी बहन गर्न र आफ्नै देशमा राेजगारी सिर्जना गर्ने मुख्य उद्देश्यका साथ सुरूवात गरिएकाे प्रोजेक्ट गमला साँच्चै नै उदाहारणीय र प्रेरणादायी छ । प्रोजेक्ट गमला पृथ्वी हाे । प्रोजेक्ट गमला सबै नेपालीकाे लागि प्रेरणाकाे स्राेत हाे । 

हजार किलोमिटरकाे यात्रा केवल एक कदमबाट सुरु हुन्छ भनेझैँ प्रोजेक्ट गमला पनि सानाे प्रयासबाट सफलताकाे खुड्किला टेक्न सफल भएकाे एक उदाहारणीय प्रोजेक्ट हाे । अनेकाैँ संघर्ष र चुनाैतीहरूलाई सामना गर्दै  आज प्रोजेक्ट गमला युवा पुस्ताहरूकाे मार्गदर्शन बन्न सक्षम भएकाे छ । प्रकृति र वातावरणलाई अगाँली प्रोजेक्ट गमला एकचाेटी प्रयाेग भइसकेका कुराहरूलाई खेर जान नदिकीन विभिन्न उपायहरू लगाएर पुन प्रयाेगमा (Recycle) ल्याउन सधैँभरी तल्लिन रहँदै आएको छ ।

प्रोजेक्ट गमलाले हरियाली वातावरण, राेजगारी, रिसायकल (Recycle), वृक्षारोपण जस्ता कुराहरूलाई प्राथमिकतामा राखेकाे छ । इच्छा भए बहानाले राेक्न सक्दैन भन्ने कुरा हामी प्रोजेक्ट गमलाबाट बुझ्न सक्दछाैँ । प्रोजेक्ट गमलाले युवा पुस्ताहरूलाई सकारात्मक उर्जा प्रदान गर्न मद्दत गर्दछ ।

हेराैँ टिम प्रोजेक्ट गमलाको प्रेरणाकाे कथा :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको