Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नोस डरलाग्दो तथ्यांक : नेपालीको चुरोट र रक्सीमा मात्रै ९० अर्ब खर्च

सोमबार, २८ चैत्र २०७३, १२ : ३४ मा प्रकाशित

हेर्नोस डरलाग्दो तथ्यांक : नेपालीको चुरोट र रक्सीमा मात्रै ९० अर्ब खर्च

अर्थ संसार 
काठमाडौं– उत्पादनशिल काममा खर्च गरे, त्यसले थप पैसा पनि कमाउँछ, मुलुक आर्थिक रुपमा बसल बनाउँदै लैजान्छ । तर नेपामला भने रक्सी र चुरोटमा नै ठूलो धनराशी खर्च हुने गरेको पाइएको छ । चुरोट र रक्सीमा खर्च हुने पैसाको तथ्यांक डरलाग्दो रहेको पाइएको छ ।

विलाशिताका वस्तुमा बढी रकम खर्च गरेर मुलुकलाई क्रमशः परनिर्भर बनाउन हामी आफै सक्रिय रहेको पाइएको छ । यो कुनै गैरसरकारी तथ्यांक होइन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको चौथो वार्षिक घरपरिवार सर्वेक्षणको नतिजाले देखाएको छ । 

आर्थिक वर्ष ०७२/०७३ मा सञ्चालित चौथो वार्षिक घरपरिवार सर्वेक्षणको संक्षिप्त नतिजामा गत वर्ष नेपालीले मदिरा र सुर्तिजन्य वस्तु उपभोगमा मात्रै रु  ८९ अर्ब बढी खर्च गरेको उल्लेख छ । गत वर्ष मदिराजन्य वस्तुमा रु ५३ अर्ब २६ करोड ४१ लाख खर्च भएको छ ।

यस्तै, सुर्तिजन्य वस्तुमा रु ३५ अर्ब ८२ करोड ७० लाख खर्च भएको छ । यो कुल उपभोगको ९.२६ प्रतिशत खर्च हो । प्रतिशतका आधारमा  मदिरामा ५.५६ र सुर्तिजन्य पदार्थमा ३.७० प्रतिशत खर्च भएको अध्ययनले देखाएको छ । गत वर्ष नेपालीले खाद्य र गैरखाद्य गरी कुल रु १८ खर्ब २५ अर्ब २९ करोड ९० लाख राबरको वस्तु उपभोगमा खर्च गरेका छन् । 

अघिल्लो वर्षको तुलनामा उपभोग खर्च रु २ खर्ब ३ अर्ब २५ करोड बढेको छ । अघिल्लो वर्ष रु १६ खर्ब २२ अर्ब ४ करोड रुपैयाँ उपभोगमा खर्च भएको थियो । गत वर्ष खाद्यान्नमा रु ८ खर्ब ५४ अर्ब ४२ करोड खर्च भएको छ । यस्तै, गैरखाद्यमा रु ९ खर्ब ७० अर्ब ८७ करोड खर्च भएको छ । 
बर्सेनी उपभोग खर्च बढ्दै गएको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको चौथो वार्षिक घरपरिवार सर्वेक्षणको नतिजाले देखाएको छ । यसका लागि घरपरिवारबाट तथ्यांक संकलन गरिएको थियो ।

रेष्टुरेन्टमा खानेले मात्रै तिरे १८ अर्ब

यस्तै, पश्चिमा एवम् शहरी संस्कृति पनि क्रमशः मुलुक भित्र बढ्दै गएको पाइएको छ । तथ्यांकअनुसार नेपालीले रेष्टुरेन्टमा मात्रै खाना खादा वा अन्य खाद्य पदार्थ उपभोग गर्दा रु १८ अर्ब ८८ करोड ७९ लाख खर्च गरेका छन् ।  गैरमदिरा खाद्यान्नमा रु ७ अर्ब ९२ करोड ७३ लाख, चिया तथा कफीमा रु ६ अर्ब २३ करोड, मसलाजन्य वस्तुमा रु ३३ अर्ब ७१ करोड ७७ लाख, चिनी र चिनिजन्य वस्तुमा रु २४ अर्ब ९० लाख खर्च भएको छ । 

तरकारी किन्न एक खर्ब बढी खर्च 
तथ्यांक विभागको तथ्यांकअनुसार नेपालीले तरकारीमा मात्रै १ खर्ब ६ अर्ब ६३ करोड खर्च गरेका छन् । त्यसमा भारतबाट आयात हुने तरकारी सबैभन्दा बढी रहेको पाइएको छ ।  फलफूलमा रु ३५ अर्ब ८३ करोड ६१ लाख, घिउ र तेलमा रु ६३ अर्ब ४९ करोड ८६ लाख, अण्डा तथा दूधजन्य वस्तुमा रु ७३ अर्ब ८७ करोड ६० लाख खर्च भएको छ । 

माछा र मासुमा मात्रै एक खर्ब 
नेपालीले गत वर्ष मात्रै रु एक खर्ब २८ अर्ब २६ करोडको माछा र मासु खरिद गरेका छन् । नेपालमा क्रमशः युवाको पलायन बढ्दै गएकाले विदेशबाट आयात भएको माछा र मासुमा नै नेपालीको उक्त परिमाणको रकम खर्च भएको हो । त्यस्तै गेडागुडीजन्य वस्तुमा रु २ खर्ब ५५ अर्ब ५६ करोड खर्च भएको विभागले जनाएको छ । 

घरपरिवार सर्वेक्षणअनुसार ग्रामीण क्षेत्रमा प्रतिव्यक्ति वार्षिक उपभोग खर्च औसत रु ५२ हजार ७ र सहरी क्षेत्रमा औसत रु १ लाख १ हजार ६५९ छ । ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रको प्रतिव्यक्ति वार्षिक उपभोग खर्च करिब दोब्बर रहेको छ ।

सर्वेक्षणको लागि तथ्यांकीय  विधिबाट छानिएका सहरी क्षेत्रका १५०, गणना क्षेत्रबाट २ हजार २५० घरपरिवार तथा ग्रामीण क्षेत्रअन्तर्गतका १५० गणना क्षेत्रबाट २ हजार २५० घरपरिवार गरी साढे ४ हजार नेपाली घरपरिवारको जम्मा उपभोग खर्च निकालिएको थियो । 

शहरी क्षेत्रमा बढी गाँउमा कम

यस अवधिमा ग्रामीण घरपरिवारको वार्षिक औसत उपभोग खर्च रु २ लाख ४८ हजार ८९३ छ ।  सहरी घरपरिवारको वार्षिक औसत उपभोग खर्च झण्डै दोब्बर बढी अर्थात् रु ४ लाख ३१ हजार ३३७ रहेको छ ।  नेपाली घरपरिवारको वार्षिक औसत उपभोग खर्च रु ३ लाख २२ हजार ७३० छ ।

यस अवधिमा घरपरिवारले गरेको कुल उपभोग खर्चलाई खाद्य उपभोग खर्च र गैरखाद्य उपभोग खर्चमा बाँड्दा सहरी घरपरिवारको खाद्य उपभोग खर्च ४४.९ तथा गैरखाद्य उपभोग खर्च ५५.१ प्रतिशत छ  । 

ग्रामीण घरपरिवारको खाद्य उपभोग खर्च ५९.८ तथा गैरखाद्य उपभोग खर्च ४०.२ प्रतिशत छ । समग्र नेपाली घरपरिवारको खाद्य उपभोग खर्च ५३.८ तथा गैरखाद्य उपभोग खर्च ४६.२ प्रतिशत रहेको विभागले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको