Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंक र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरी बीच सम्झौता

अर्थ संसार

सोमबार, २२ भदौ २०७७, १३ : २१ मा प्रकाशित

महालक्ष्मी विकास बैंक र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरी बीच सम्झौता

अर्थ संसार, काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि विश्वमा महामारीको रूपमा फैलिएको Covid – 19 को संक्रमण परिक्षण (PCR Test) का साथै अन्य गुणस्तरीय स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीसँग एक सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरेका हुन् ।  

उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू, कर्मचारी लगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५%, र Covid – 19 को संक्रमण परिक्षण (PCR Test) मा अधिकतम १५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको