दिनीता लामिछाने
काठमाडौं– हामिले प्रयोग गर्ने सिन्के धुपको नाम अगरबत्ति हुनुमा यस अगरउडबाट अति नै सुगन्धित धुप बनाईने भएकाले यो नाम राखिएको हो । यो सदाबहार र गैह्र काष्ठ जन्य एबं चाडै बढने वनस्पति हो ।
रुखमा खोटो बस्ने रेजिन वा चोप अउने काठको प्रजातिहरु एक्विलेरिया र गाइरिनोप्स जस्ता थाइमेरिया परिवार र दक्षिण पुर्वी एसीयामा पाइने रैथाने प्रजाति हो । उड विश्वकै महँगो बिरुवाको हो ।
यसको बोटमा खास गरेर विशेष प्रकारको ढुसी हालेपछि यसको प्रतिरोधमा पहिले सेतो रहेको काठ पछि हल्का वा गाढा खैरो कालो रङ्गको अत्यन्त सुगन्धित काठ दाउरा उत्पादन हुन्छ ।
जुनपछि राम्ररी काटेर र ताछेर छुटयाइन्छ र खोटो वा चोप भएको यस्तो काठको चोटाइलाई अगर उड भनिन्छ । यो अत्यन्त महँगो धुप , पर्फुयुम, बिभिन्न औषधी र सौन्र्दयको सामान बनाउन प्रयोग गरिन्छ ।
यो खेती झापा जिल्लामा ३० बिगाका गरेको र बिरुवाको लम्बाइ २५–३० फिट भएको गजुरमुखी र्हवल प्रालिकका कर्मचारी अनिल शाहिले बताएका छन् ।
स्थानीय स्तरमा पाईने वनस्पतिहरुको पहिचान गरी व्यवसायिक रुपमा रोप्न सकिने प्रजातिहरु प्रवद्र्धन गरी स्थानीय कृषक र संकलन कर्ताको आयआर्जनमा वृद्धि गराउन सकिने शाले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस