Like us!
Follow us!
Connect us!
Watch us!

शेयरधनीलाई निराश बनाउँदै डाक्यो गोर्खाज फाइनान्सले साधारणसभा

अर्थ संसार

विहीबार, ०८ असोज २०७७, १३ : ३१ मा प्रकाशित

शेयरधनीलाई निराश बनाउँदै डाक्यो गोर्खाज फाइनान्सले साधारणसभा

अर्थ संसार,  काठमाडौँ -गोर्खाज फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।फाइनान्सको हिजो आश्विन ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २५ औँ वार्षिक साधारण सभा कार्तिक ५ गते बुधबार होटल क्राउन ईम्पेरियल, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

यसैगरी, फाइनान्सले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश भने वितरण नगर्ने भएको छ ।  फाइनान्सले नेप्सेमा एक सूचना प्रकाशन गर्दै लाभांश प्रस्ताव नगरिएको जानकारी दिएको हो ।

त्यसैगरी, फाइनान्सले साधारण सभा प्रयोजनका लागि असोज १८ गतेदेखि कार्तिक ५ गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको