Like us!
Follow us!
Connect us!
Watch us!

स्थापित योजना तथा बहुउद्देश्यीय सहकारी संस्थाले डाक्यो साधारणसभा

आइतबार, ११ असोज २०७७, ०७ : ५५ मा प्रकाशित

स्थापित योजना तथा बहुउद्देश्यीय सहकारी संस्थाले डाक्यो साधारणसभा

अर्थ संसार, काठमाडौं - स्थापित योजना तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एघारौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको असोज ३ गते शनिबार बसेको संचालक समितिको निर्णयानुसार साधारणसभा असोज २४ गते देखि ३० गतेसम्म प्रत्येक दिन बिहान ७ बजेदखि १० बजेसम्म सगुन क्याफे बालाजु-१६ काठमाडौंमा हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट संस्थाका अध्यक्षको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन तथा २०७७/७८ को नीति तथा कार्क्रम उपर छलफल गरी पारित गर्ने, कोष तथा लाभांश वितरण २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विषयमा छलफल हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको