Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, के-के छन् एजेण्डा ?

अर्थ संसार

सोमबार, १२ असोज २०७७, ०८ : ३० मा प्रकाशित

प्रभु लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा, के-के छन् एजेण्डा ?

अर्थ संसार, काठमाडौं - प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको असोज ४ गते बसेको संचालक समितिको वैठकको निर्णयानुसार वार्षिक साधारणसभा असोज २९ घटे विहिबार काठमाडौं म्यारियट होटल, नक्साल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा अध्यक्षको मन्तव्य तथा संचालक समितिको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमाथी छलफल गरि पारित गरिनेछ ।

यस्तै लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायत वितीय विवरणहरु स्वीकृत गर्ने, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणको लागि लेखापरिक्षक नियुत्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्तावमाथि समेत छलफल हुनेछ । यसैगरी कम्पनीको प्रवन्धपत्र संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव पनि गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

तुरुन्तै हकप्रद निकाल्न Api Power ले Himalayan Bank सँग सम्झौता, 40 MW को माथिल्लो चमेलिया बन्ने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको