Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल एस क्यापिटलले बोलायो एजिएम, कति दिने भए लाभांश ?

अर्थ संसार

सोमबार, १२ असोज २०७७, ०९ : ०६ मा प्रकाशित

एनआईबिएल एस क्यापिटलले बोलायो एजिएम, कति दिने भए लाभांश ?

अर्थ संसार, काठमाडौं - एनआईबिएल एस क्यापिटल लिमिटेडले आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज ४ गते बसको संचालक समितिको बैठकको निर्णयानुसार कम्पनीको आठौँ साधारणसभा कात्तिक ५ गते बुधबार एनआईबिएल एस क्यापिटल लिमिटेडको सभाहल, लाजिम्पाट, काठमाडौंमा बुहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गरिनेछ ।
यस्तै संचालक समितिबाट प्रस्ताव गरे बमोजिम २२.२२ प्रतिशत नगद लाभांश २७ करोड चुक्ता पूँजीको २२.२२ प्रतिशतले हुन् आउने रकम ६ करोड कर सहित वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोकिनेछ ।

विशेष प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको अनुदान रकम ३ लाख ६ सय ३स रुपैयाँ पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको