अर्थ संसार, काठमाडौं - कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
संस्थाको असोज ७ गतेको बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार २०औं वार्षिक साधारण सभा कार्तिक ५ गते बुधबार संस्थाको केन्द्रीय कार्यालय, गोंगबु परिसरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । यस्तै कम्पनीकाे आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, लाभांश वितरणका लागि स्विकृत गर्ने लगायतका विषयमा छलफल गरिनेछ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस