Like us!
Follow us!
Connect us!
Watch us!

जनसागर बचतले डाक्यो साधारणसभा, यस्ता छन् छलफलका विषय

अर्थ संसार

मंगलबार, १३ असोज २०७७, ०७ : ०२ मा प्रकाशित

जनसागर बचतले डाक्यो साधारणसभा, यस्ता छन् छलफलका विषय

अर्थ संसार, काठमाडौं - जनसागर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाह्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ ।

संस्थाको असोज १२ गतेको संचालक समितिको बैठकको निर्णय अनुसार साधारणसभा असोज २९ गते बिहिबार संस्थाको कार्यालय, नयाँबजार, काठमाडौंमा हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट संस्थाका अध्यक्षको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरिनेछ  ।

यस्तै आर्थिक वर्ष २०७७/७८ को प्रस्तावित नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने, संस्थाको आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक प्रतिवेदन छलफल गरि पारित गर्ने, संस्थाद्वारा आर्थिक वर्ष २०७६/०७७ को कोष वितरण तथा संचालक समितिको निर्णयबमोजिम लाभांश वितरण गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लागायत विषयमा छलफल हुनेछ  ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको