Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सूचिकृत कम्पनीहरूलाई अत्यन्त जरूरी सूचना !

अर्थ संसार

मंगलबार, १३ असोज २०७७, १२ : ४८ मा प्रकाशित

नेप्सेमा सूचिकृत कम्पनीहरूलाई अत्यन्त जरूरी सूचना !

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेप्सेमा सूचिकृत कम्पनीहरूलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ ।

नेप्सेले एक सूचना प्रकाशन गर्दै धिताेपत्र सूचीकरण विनियमावली, २०७५ काे अनुसूची ३ (क) र (ख) मा भएकाे व्यवस्था बमाेजिम आर्थिक वर्ष २०७७/७८ काे धिताेपत्रकाे वार्षिक नविकरण शुल्क बुझाउन बाँकी भएका कम्पनीहरूलाई नविकरण शुल्क बुझाउन आग्रह गरेकाे हाे ।

शुल्क बुझाउन बाँकी कम्पनीहरूले तलकाे सूचनामा उल्लेख गरिए बमाेजिम नेप्सेकाे ग्लाेबल आईएमइ बैंक लिमिटेडकाे ७५०१०१००००७७५ खाता नम्बर भएकाे Nepse Operating Account काे नाममा शुल्क बुझाउनु पर्नेछ । 

नेप्सेका अनुसार ताेकिएकाे समयमा शुल्क नबुझाए नविकरण शुल्ककाे वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्नेछ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको