Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्युब आयल निगमले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ संसार

बुधबार, १४ असोज २०७७, १३ : ४८ मा प्रकाशित

नेपाल ल्युब आयल निगमले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं - नेपाल ल्युब आयल निगमले कम्पनीको २९औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको असोज १३ गते बसेको संचालक समितिको निर्णयानुसार वार्षिक साधारणसभा कात्तिक ५ गते बुधबार संस्थाको कार्यालय झम्सिखेल, ललितपुर भर्च्युअल् माध्यमबाट बिहान १ बजेदेखि सुरु हुनेछ ।

साधारणसभा प्रयोजनको लागि असोज २२ गतेदेखि कत्तिक ५ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । 

सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ ।

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ लेखा परीक्षाको प्रतिवेदन, २०७७ असार मसान्तको वासलात र  २०७६/७७ आय विवरण र सोहि अवधिको नगद प्रवाह विवरण छलफल र पारित गर्ने, संचालक समितिको सिफारिस बमोजिम १० प्रतिशत नगद लाभांश वितरणको निमित्त स्वीकृत गर्ने, हालको ३ करोड रहेको जारी चुक्ता पूँजी वृद्धि गरि ५ करोड पुर्याउने लगायात एजेन्डाहरुमाथि छलफल हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको