Like us!
Follow us!
Connect us!
Watch us!

प्रवाह बहुउद्देश्यीय सहकारी संस्थाले डाक्यो साधारणसभा, यी विषयमा छलफल हुने

अर्थ संसार

विहीबार, १५ असोज २०७७, ०७ : ०७ मा प्रकाशित

प्रवाह बहुउद्देश्यीय सहकारी संस्थाले डाक्यो साधारणसभा, यी विषयमा छलफल हुने

अर्थ संसार, काठमाडौं - प्रवाह बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले चौधौं वार्षिक साधारणसभा आह्वान गरेको छ । असोज ९ गते बसेको सस्थाको संचालक समितिको बैठकको निर्णयानुसार वार्षिक साधारणसभा २०७७ कार्तिक २२ गते शनिबार संस्थाको कार्यालय, प्रवाह भवन, चागल, लखतिर्थ-१५ काठमाडौंमा हुने भएको छ ।

सभामा संचालक समितिको तर्फबाट संस्थाका अध्यक्षको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, संचालक समितिको तर्फबाट संस्थाका कोषाध्यक्षको आर्थी वर्ष २०७६/०७७ को आर्थिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परिक्षण प्रतिवेदन तथा वासलात उपर छलफल गरी पारित गर्ने, प्रस्तावित कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने, बहुउद्देश्यीय कार्यविधि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गरिने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विषयमा छलफल गरि पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको