Like us!
Follow us!
Connect us!
Watch us!

बिग मार्टमा इसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुःन सूचारू

अर्थ संसार

विहीबार, १५ असोज २०७७, १४ : ५६ मा प्रकाशित

बिग मार्टमा इसेवा तथा फोनपे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुःन सूचारू

अर्थ संसार, काठमाडौं - बिग मार्टमा सपिङ गर्दा इसेवा तथा फोनपे नेटवर्कमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुःन सूचारू भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना कोरोना भाइरसका कारण दोस्रो पटक गरिएको निशेधाज्ञाका कारण स्थगित भएको थियो । अहिले निशेधाज्ञा हटेसँगै यो योजना पुःन सूचारु भएको हो । अब यो योजना असोज महिनाभर जारी रहनेछ । 

यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागु छ । योजना अनुसार बिहान र बेलुका फलफुल तथा तरकारी खरिद गर्दा इसेवा तथा फोनपेबाट (मोबाईल बैंकिङ) क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने छ भने दिउसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइने छ । यस्तो छुट अधिकतम ३ सय रुपैयाँसम्म पाइनेछ । 
कोरोना महामारीका बेला सबैतिर डिजिटल भुक्तानीका लागि प्रोत्साहन भइरहेका बेला इसेवा र बिगमार्टले पनि डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नका लागि यो योजना सुरू गरेका हुन् । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामाहाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको