Like us!
Follow us!
Connect us!
Watch us!

श्री काष्ठमण्डप बहुउद्देश्यीय सहकारीले बोलायो एजिएम, के-के छन् एजेण्डा ?

अर्थ संसार

आइतबार, १८ असोज २०७७, ०७ : २५ मा प्रकाशित

श्री काष्ठमण्डप बहुउद्देश्यीय सहकारीले बोलायो एजिएम, के-के छन् एजेण्डा ?

अर्थ संसार, काठमाडौं - श्री काष्ठमण्डप बहुउद्देश्यीय सहकारी संस्थाले पन्ध्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

संस्थाको आश्विन १६ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार वार्षिक साधारणसभा कार्तिक १६ गतेदेखि कार्तिक २८ गतेसम्म संस्थाको कार्यालय नयाँबानेश्वर , काठमाडौंमा बिहान १०:३० बजेदेखि २:३० बजेसम्म हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष तथा कोषाध्यक्षको प्रतिवेदन पर्स्तुत गरी पारित गर्ने, लेखा समितिको तर्फबाट संयोजकको प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को आयव्यय विवरण पारित गरि लाभांश वितरण गर्ने, आर्थिक वर्ष २०७७/७८ को अनुमानित आम्दानी खर्चको बजेट पारुत गर्ने, लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, निक्षेप तथा ऋणको व्याजदर निर्धारण गर्ने लगायत विषयमा छलफल गरी पारित गरिनेछ  ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको