Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको विशेष साधारण सभा सम्पन्न, पारित भए यी एजेण्डा !

अर्थ संसार

सोमबार, १९ असोज २०७७, १९ : ३१ मा प्रकाशित

नेपाल बैंकको विशेष साधारण सभा सम्पन्न, पारित भए यी एजेण्डा !

अर्थ संसार, काठमाडौं - नेपाल बैंक लिमिटेडको विशेष साधारसभा सम्पन्न भएको छ । आज (आश्विन १९ गते सोमबार)का दिन बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भिडियो कन्फ्रेन्समार्फत आयोजना गरिएको बैंकको विशेष साधारण सभा सम्पन्न भएको हो । 

उक्त सभामा प्रस्तुत भएको सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ (चार) जना सञ्चालकबाट घटाई ३ (तीन) र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २ (दुई) जना सञ्चालकबाट बृद्धि गरी ३ (तीन) कायम गर्न नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन÷थपघट गर्ने प्रस्ताव सभाबाट पारित भयो ।

साथै, बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको