अर्थ संसार, काठमाडौं - स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र जनकपुर लघुवित्त संस्था लिमिटेडले एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई प्राप्ति (मर्जर) गरेपश्चात यी दुवै संस्थाको एकीकृत कारोबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ ।
प्राप्ति गर्ने सम्बन्धमा डुवै संस्थाको साउन १० गते छुट्टाछुट्टै बसेको विशेष साधारणसभाबाट विशेष प्रस्ताव उपर भएको निर्णय स्वीकृत भई नेपाल राष्ट्र बैंकबाट असोज २ गते प्राप्तिको लागि अन्तिम स्वीकृति प्राप्त भएको थियो ।
यी दुवै लाघिबित्ताले असोज २५ गते आइतबारबाट एकीकृत कारोबार शुभारम्भ गर्नेछन् ।
संथाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस