Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्ने होइन ? सानिमा जनरल इन्स्योरेन्स आइपिओ बुधबारदेखि खुल्ने !

अर्थ संसार

मंगलबार, २० असोज २०७७, १३ : ३४ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ -सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) भोलि (असोज २१ गते बुधबार)देखि बिक्रीका लागि खुल्ला हुँदैछ ।

कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । 

आईपीओमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले आईपीओमा छिटोमा असाेज २५ गते र ढिलोमा कार्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त साधारण शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

आईपीओकाे बारेमा अन्य विवरण तलकाे सूचनामा हेर्नुहोस् :

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको