Like us!
Follow us!
Connect us!
Watch us!

बोनस शेयर र लाभांश वितरण गर्ने प्रस्तावसहित नापेड लघुवित्तले बोलायो एजिएम

अर्थ संसार

विहीबार, २२ असोज २०७७, ०८ : २० मा प्रकाशित

बोनस शेयर र लाभांश वितरण गर्ने प्रस्तावसहित नापेड लघुवित्तले बोलायो एजिएम

अर्थ संसार, काठमाडौं - नापेड लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको असोज ४ गते आइतबार, बसेको संचालक समितिको बैठकको निर्णयानुसार संस्थाको पाचौं वार्षिक साधारण सभा असोज २८ गते, बुधबार  रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन-१, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट २०७५/७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,  वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, लाभांश वितरण गर्ने, लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विषयमा छलफल हुनेछ ।

यस्तै विशेष प्रस्ताव अन्तर्गत १० प्रतिशतको दरले बोनस शेयर वितरण गर्ने, यस वित्तीय संस्थामा गाभ्ने/गाभिने वा एक्विजिसन सम्बन्धि उपयुक्त प्रस्ताव आएक्मा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायत विविध विषयमा छलफल हुनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको