संसार, काठमाडौं-सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) को दोस्रो दिन अर्थात बिहीबारसम्म ४.६५ गुणा आवेदन परेको छ । सानिमा जनरल इन्स्योरेन्सको सेयर निस्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म ५ लाख ७२ हजार ६०८ जना आवेदकबाट १ करोड २६ लाख ९२ हजार ९८० कित्ताको लागि आवेदन परेको हो ।
कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर ९आइपिओ० निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।
आईपीओमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असोज २५ गते र ढिलोमा कार्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त साधारण शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।
लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
Sanima General Insurance को IPO को सम्पूर्ण जानकारी | कम्पनी कस्तो छ त ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस