अर्थ संसार, काठमाडौं– प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले प्राथमिक सेयर (आइपिओ ) निष्कासन गर्ने भएको छ । प्रभु लाइफले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
आइपिओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त छ । बोर्डबाट अनुमति पाउनसाथ प्रक्रिया अघि बढ्ने छ ।
कम्पनीको साधारणसभा असोज २९ गते हुँदै छ ।
आईपीओ निष्कासनपछि कम्पनीको पुँजी २ अर्ब रुपैयाँ हुनेछ । संस्थापकको १ अर्ब ४० करोड रुपैयाँ लगानी रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस