Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्सको आइपिओमा लगानीकर्ताको ओइरो, तेस्रो दिनमै पर्यो ५.९४ गुणाबढी आवेदन

अर्थ संसार

शुक्रबार, २३ असोज २०७७, १७ : ३६ मा प्रकाशित


अर्थ संसार,  काठमाडौँ -सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन भएको तेस्रो दिनसम्म ५.९४ गुणा धेरै आवेदन परेको छ ।

बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको अनुसार  शुक्रबार ५ बजेसम्ममा ७ लाख ४४ हजार ४ सय ९१ जना आवेदकले १ अर्ब ६२ करोड ३६ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ३६ हजार ५ सय ५० कित्ताको लागि आवेदन  दिएका सीडीएसले जानकारी दिएको छ । यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको कुल २७ लाख ३० हजार कित्तालाई हेर्दा ५.९४ गुणा धेरै आवेदन हो । 

कम्पनीले आज (असोज २१ गते, बुधबार) देखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ)  निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले आईपीओमा छिटोमा असोज २५ गते र ढिलोमा कार्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको