Like us!
Follow us!
Connect us!
Watch us!

तपाईको खातामा जनरल इन्स्योरेन्सको आइपिओ आयो ?

अर्थ संसार

शनिबार, २४ असोज २०७७, १३ : २९ मा प्रकाशित

तपाईको खातामा जनरल इन्स्योरेन्सको आइपिओ आयो ?

अर्थ संसार, काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज ११ गते आइतबारबाट असाेज १४ गते बुधबारसम्म निष्कासन गरेको साधारण शेयर (आइपिओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुन थालेको  छ ।

सीडीएससीले कम्पनीको आइपिओ लगानीकर्ताको खातामा हितग्राही खातामा जम्मा गर्न  थालेको  हो । 

हाल कम्पनीकाे उक्त आइपिओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन्  । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । आइपिओकाे बाँडफाँड असाेज २० गते, मंगलबार भएकाे थियो । गाेलाप्रथाद्वारा गरिएकाे बाँडफाँडमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका थिए भने बाँकी ५ लाख २१ हजार ५ सय ४६ जनाको हात खाली भएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको