Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्स शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

अर्थ संसार

सोमबार, २६ असोज २०७७, १० : ०० मा प्रकाशित

जनरल इन्स्योरेन्स शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

अर्थ संसार, काठमाडौँ - जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

कम्पनीले आज (असाेज २६ गते, साेमबार) बाट लागू हुने गरी नक्साल, काठमाडौंस्थित कुमारी क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेकाे हाे ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई नियुक्ति गरिएकाे हो । 

अब उप्रान्त संस्थाकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू कुमारी क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको