Like us!
Follow us!
Connect us!
Watch us!

दिव्यश्वरी बचतले डाक्यो एजिएम, के-के छन् मुख्य एजेण्डा ? हेर्नुहोस्

अर्थ संसार

आइतबार, २५ असोज २०७७, ०६ : ४६ मा प्रकाशित

दिव्यश्वरी बचतले डाक्यो एजिएम, के-के छन् मुख्य एजेण्डा ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं - दिव्यश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तेर्हौं वार्षिक सभा बोलाएको छ । असोज २० गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार संस्थाको तेर्हौं वार्षिक साधारणसभा कार्तिक १६ गते आइतबारदेखि २२ गते शनिबारसम्म संस्थाको कार्यालय, लोकन्थली, मध्यपुर-१ भक्तपुरमा बिहान १०:३० देखि ४:३० सम्म संचालन हुनेछ ।

सभामा अध्यक्षबाट संचालक समितिको आर्थिक वर्ष २०७६/७७ वार्षिक प्रतिवेदन पारित गरिनेछ ।

यस्तै संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रगति विवरण पारित गर्ने कोषाध्यक्षबाट आगामी आर्थिक वर्षको वार्षिक योजना बजेट एवं कार्यक्रमसहितको प्रतिवेदन पारित गर्ने, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारीत गर्ने, आगामी आर्थिक वर्षको लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, लाभांश वितरण गर्ने लगायत प्रस्तावमाथि छलफल गरी पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको