Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ भर्नु भयो ? सानिमा जनरल इन्स्योरेन्सको आइपिओ भर्ने आज अन्तिम दिन !

अर्थ संसार

आइतबार, २५ असोज २०७७, ०७ : ४० मा प्रकाशित

आइपिओ भर्नु भयो ? सानिमा जनरल इन्स्योरेन्सको आइपिओ भर्ने आज अन्तिम दिन !

अर्थ संसार, काठमाडौं - सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज २१ गते बुधबारदेखि सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आइपिओ) मा आवेदन दिने आज (असाेज २५ गते, आइतबार) अन्तिम दिन रहेको छ ।  

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेकाे हाे । 

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गरेकाे छ ।

कति दिने आवेदन ?

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

5f7535b5b25ce.jpg

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

5f7535a651abf.jpg

 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको