Like us!
Follow us!
Connect us!
Watch us!

मोबाइल पसललाई दशैं लाग्यो, कपडा पसललाई लागेन (भिडियोसहित)

अर्थ संसार

आइतबार, २५ असोज २०७७, १५ : २५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– नेपालीहरुको महानपर्व विजय दशमी नजिकिएसँगै बजारमा सामान्य चहलपहल सुरु भएको छ । कोभिड १९ को कारण विगतको वर्षहरुमा जस्तो चहलपहल भने छैन् । कोभिड १९ ले गर्दा आवातजावतमा समस्यसँगै बजारमा सामान्य चहलपहल सुरु भएको व्यवसायीहरु बताउँछन् ।  विशेष गरी बजारमा दशैंमा नयाँ मोवाइल किन्ने ग्राहकको भिड लागेको देख्न सकिन्छ । कपडा पसलमा भने त्यति चहलपल  नभएको व्यवसायीहरु बताउँछन् ।

यति खेर भृकृटी मण्डपको खुल्ला बजारका व्यवसायीहरुलाई भने यसपालिको दशैंले छोएको छैन् । 'विगतमा वर्षहरुमा यतिखेर पसलमा सामान किन्न आउने ग्राहकको भीडले खुट्टा हाल्ने ठाउँ हुँदैन थियो, यसपालिको कोभिड १९ को कारण  ग्राहकहरु आएका छैनन्, खुल्ला बजारमा दैनिक १ सय जनाको हारहारीमा ग्राहक प्रवेश गर्दछन् ।' - व्यवसायीहरु बताउँछन् । 

यता, मोवाइल व्यापारमा भने दशैंको रौनक छोएको छ । ताम्राकार हाउसमा यति खेर मोवाइल किन्ने ग्राहकको भिड नै देख्न सकिन्छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको