Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्सको आइपिओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो तथ्याङ्क

अर्थ संसार

आइतबार, २५ असोज २०७७, १७ : १८ मा प्रकाशित

सानिमा जनरल इन्स्योरेन्सको आइपिओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो तथ्याङ्क

अर्थ संसार, काठमाडौं – सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले  निष्काशन गरेको साधारण शेयर (आइपिओ )  आइतबार बन्द भएको छ । आइतबार बेलुका ५ बजेसम्म    ८ लाख ८२ हजार ७०३ जनाले १ करोड ८९ लाख ७५ हजार ६० कित्ताको लागि आवेदन दिएको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले अर्थ संसार डट कमलाई जानकारी दिएको छ । यो नै अन्तिम नतिजा भने होइन, अझै आवेदनको संख्या र कित्ता बढ्ने छ । 

असोज २१ गते बुधबारदेखि असोज २५ गतेसम्म कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

Sanima General Insurance को IPO को सम्पूर्ण जानकारी | कम्पनी कस्तो छ त ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको