Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको ठूलो र पहिलो सौर्य प्रोजेक्ट सम्पन्न

अर्थ संसार

सोमबार, २६ असोज २०७७, १५ : ०३ मा प्रकाशित

नेपालको ठूलो र पहिलो सौर्य प्रोजेक्ट सम्पन्न

अर्थ संसार, काठमाडौं –  नेपालको पहिलो र सवै भन्दा ठूलो  ८.५ मेगावाट क्षमताको सौर्य विद्युत आयोजना निर्माण सम्पन्न भएको छ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले तिलोत्तमा नगरपालिका वडा ६ रुपन्देहीमा निर्माण गरेको ८.५ मेगावाट क्षमताको सौर्य जलविद्युत आयोजना सम्पन्न भएको हो ।  

'करिव १ वर्षको अवधिमा हामीले नेपालको सवै भन्दा ठूला र पहिलो सौर्य विद्युत आयोजना गर्न सफल भएका छौ ' रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुवेरमणी नेपालले अर्थ संसार डट कमलाई भन्नु भयो- 'नेपाल विद्युत प्राधिकरणको अमुवा सव स्टेशनको राष्ट्रिय ग्रिडमा जडान कार्यको लागि सोमबारदेखि टेष्टिङ कम्युनिकेशनको काम शुरु भएको छ ।'

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २०७६ सालको असोजमा निर्माण कार्य शुरु गरेको थियो । कम्पनीको अनुसार यो आयोजनामा ७१ करोडमा लागत रहेको छ ।यो आयोजना २६ बिघा जमिनमा फैलिएको छ  । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको