Like us!
Follow us!
Connect us!
Watch us!

सानिमाको सेयरमा लगानीकर्ता किन आकर्षित ?

अर्थ संसार

बुधबार, २८ असोज २०७७, १५ : ०७ मा प्रकाशित

सानिमाको सेयरमा लगानीकर्ता किन आकर्षित ?

अर्थ संसार, काठमाडौं– सानिमा बैंक लिमिटेडको सेयर लगानीकर्ताको रोजाइमा परेको छ । सानिमा बैंकले लाभांश घोषणासँगै लगानीकर्ता दोस्रो बजारमा सेयर किन्ने र बेच्नेको भीड लागेको छ । 

मंगलबार दिउँसो बसेको संचालक समितिको बैठकले चुक्ता पुँजीको १३.६० प्रतिशत लभांश घोषणा गरेको छ । कुल १३.६० प्रतिशत लाभांशको ३.६० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस  सेयर  दिने निर्णय गरेको हो । बुधबार लाभांश घोषणासँगै दोस्रो बजारमा बैंकले सेयर १.४ प्रतिशतले बढेर प्रतिकित्ता ५ रुयौयाले बढेर ३४५ रुपैयाँ पुगेको छ ।

 बुधबार सवै भन्दा धेरै सानिमा बैंक लिमिटेडको सेयर कारोबार भएको छ । नेप्सेको अनुसार ७ करोड २५ लाख ४३ हजार ८८४ रुपैयाँको कारोबार भएको छ ।  २ लाख ८  हजार २७३ कित्ता सेयर किनबेच भएको छ। 

बुधबार सानिमा बैंकको दोस्रो बजारमा भएको सेयर कारोबारको तालिका 

विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको