अर्थ संसार, काठमाडौं– काठमाडौँ सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको आइपिओ बाँडफाँड शुक्रबार हुने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले अर्थ संसार टड कमलाई भन्यो-'बुधबार प्रि– अलोटमेण्ट गरेर नेपाल धितोपत्र बोर्ड 'सेबोन' मा पठाइसकेको छौं, सेबोनले अरु निर्णय नगरेको खण्डमा शुक्रबार बिहान क्यापिटलको कार्यालयमा बाँडफाँडको कार्यक्रम तय भएको छ ।'
असोज २१ गते, बुधबारदेखि असोज २५ गतेसम्मआइपिओमा ८ लाख ८८ हजार ७ सय ६ जना आवेदकले १ अर्ब ९० करोड ९१ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ९१ हजार ८० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ७ गुणा धेरै हो ।
यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा २ लाख ७३ हजार जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ६ लाख १५ हजार ७ सय ६ जनाको हात खाली हुनेछ ।
कम्पनीले असोज २१ गते, बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हाे । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस