Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड आज, रिजल्ट कहाँबाट हेर्ने ?

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, ०७ : २० मा प्रकाशित

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड आज, रिजल्ट कहाँबाट हेर्ने ?

अर्थ संसार, काठमाडौं–  काठमाडौँ  सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले  निष्काशन गरेको आइपिओ बाँडफाँड आज हुँदैछ ।   निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको अनुसार क्यापिटलको कार्यालयमा हुने कार्यक्रम तय भएको छ ।

 कहाँबाट हेर्ने ?

आइपिओ बाँडफाँड भएपछि लगानीकर्ताले मेरो शेयरबाट सजिलै बिओआइडी नम्वर हालेर सजिलै हेर्न सक्नुहुनेछ । 

असोज २१ गते, बुधबारदेखि असोज २५ गतेसम्म निष्काशन भएको आइपिओमा ८ लाख ८८ हजार ७ सय ६ जना आवेदकले १ अर्ब ९० करोड ९१ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ९१ हजार ८० कित्ताको लागि आवेदन दिएका  छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ७ गुणा धेरै हो ।

यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा २ लाख ७३ हजार जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ६ लाख १५ हजार ७ सय ६ जनाको हात खाली हुनेछ ।

कम्पनीले असोज २१ गते, बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको