Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँट,सेयर पाउने भाग्यमानी कति ?

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, ०८ : ५९ मा प्रकाशित

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँट,सेयर पाउने  भाग्यमानी कति ?

अर्थ संसार, काठमाडौं- सानिमा जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आइपिओ  बुधबार बिक्री प्रबन्धक एनआइसी एसिया क्यपिटलको कार्यालयमा बाँडफाँट भएको छ ।

माग भन्दा भन्दा ७ गुणाबढी आवेदन परेकोले  गोलाप्रथा माध्यमबाट आइपिओ  बाँडफाँट गरिएको हो ।

जसमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ५ लाख ९० हजार ५४५ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित भएका छन् । यसमा ८ लाख ६३ हजार ५६५ जनाले आवेदन दिएकामा ३ हजार ३६० जना आवेदकको आवेदन रद्ध भएको छ । 

कहाँबाट हेर्ने ?

आइपिओ बाँडफाँड भएपछि लगानीकर्ताले मेरो शेयरबाट सजिलै बिओआइडी नम्वर हालेर सजिलै हेर्न सक्नुहुनेछ । 

असोज २१ गते, बुधबारदेखि असोज २५ गतेसम्म निष्काशन भएको आइपिओमा ८ लाख ८८ हजार ७ सय ६ जना आवेदकले १ अर्ब ९० करोड ९१ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ९१ हजार ८० कित्ताको लागि आवेदन दिएका  छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ७ गुणा धेरै हो ।

कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको