Like us!
Follow us!
Connect us!
Watch us!

कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

अर्थ संसार

शुक्रबार, ३० असोज २०७७, १६ : १४ मा प्रकाशित

कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

अर्थ संसार,काठमाडौं -नागरिक लगानी कोषले रु १२ अर्ब ५६ करोड तीन लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो ।

    नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ ।  कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।

    कोषले आगामी कात्तिक २ गतेभित्र प्रस्ताव बुझाउन भनेको छ । कोषमा रकम जम्मा गरेका तथा विभिन्न क्षेत्रमा गरेको लगानीको प्रतिफलबाट प्राप्त गरेको रकम मुद्दती निक्षेपमा राख्दै आएको छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको