Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुमा आजदेखि स्थिर व्याजदर लागू हुने

अर्थ संसार

शनिबार, ०१ कार्तिक २०७७, ०७ : ३५ मा प्रकाशित

बैंकहरुमा आजदेखि स्थिर व्याजदर लागू हुने

अर्थ संसार, काठमाडौं - बैंकहरुले आज (कात्तिक १ गते, शनिबार) बाट स्थिर व्याजदर कार्यान्यनमा ल्याउने भएको छ । नेपाल राष्ट्र बैंकले असोज मसान्तभित्रमा एक वर्षभन्दा बढी अवधि भएको व्यक्तिगत प्रकृतिका आवधिक ऋणमा स्थिर ब्याजदर तोक्न निर्देशन दिएसँगै बैंकहरूले नयाँ व्याजदर सार्वजनिक गरेका हुन् । 

राष्ट्र बैंकको निर्देशनबमोजिम आजबाट स्थिर व्याजदर लागू हुनेछ। निर्देशन कार्यान्वयनका लागि हिजो ( शुक्रबार) विभिन्न बैंकहरुले स्थिर व्याजदर सार्वजनिक गरेका छन्। कतिपय बैंकहरुले भने यसअघि नै स्थिर व्याजदर कार्यान्वयन गरिसकेका छन्। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा एकीकृत निर्देशन जारी गर्दै व्यक्तिगत कर्जाहरू (घर कर्जा, हायर पर्चेज कर्जा, ओभरड्राफ्ट कर्जा) लगायतमा ऋण अवधिभर स्थिर व्याजदर लागू निर्देशन दिएको थियो ।

बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको