Like us!
Follow us!
Connect us!
Watch us!

‘फोन पे डाइरेक्टसँग दशैँ धन मौका ’: दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने !

अर्थ संसार

शनिबार, ०१ कार्तिक २०७७, १३ : १५ मा प्रकाशित

‘फोन पे डाइरेक्टसँग दशैँ धन मौका ’: दैनिक एक लाख र बम्परमा पाँच लाख जित्न सकिने !

अर्थ संसार, काठमाडौं - फोन पे पेमेन्ट सर्भिस लिमिटेडले नेपालीहरुको महान चाड दशैँलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग दशैँ धन मौका ’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तरगत फोन पे डाइरेक्ट मार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ । 

आज (कार्तिक  १ गते) घटस्थापना देखि कार्तिक १४ गते पुर्णिमा सम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा रू ५ लाख जित्न सकिनेछ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले फोन पे ले यस्तो योजना सुरु गरेको हो । यस योजनामा क्यूआर मार्फत गरिने भुक्तानीलाई भने समावेश गरिने छैन । 

नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन पे सर्विस लिमिटेडका करिब डेढ लाख मर्चेन्ट रहेका छन् । फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगि सकेको छ । फोन पे मा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध रहेका छन् । जहाँबाट नेपालभरका मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । साथै इसेवाका करिब ३५ लाख ग्राहकले यसबाट प्रत्यक्ष फाइदा लिइरहेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको