Like us!
Follow us!
Connect us!
Watch us!

टंक र कविताको ‘झिमझिम परेली’ गीतमा पल र अशोकको एक्सन (भिडियोसहित)

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०७७, ११ : ४४ मा प्रकाशित

टंक र कविताको ‘झिमझिम परेली’ गीतमा पल र अशोकको एक्सन (भिडियोसहित)

अर्थ संसार, काठमाडौं - चर्चित गायक टंक बुढाथोकी र कविता सिवाकोटीको नयाँ गीत ‘झिमझिम परेली’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक स्वयम टंककै शब्द, संगीत रहेको छ, भने एरेञ्ज कृष्ण बि.कले गरेका छन् । 

चर्चित निर्देशक नितिन चन्दको निर्देशन तथा टंक बुढाथोकीको कन्सेप्टमा बनेको म्युजिक भिडियो केही फरक बनेको छ । चर्चित अभिनेता पल शाह, चर्चित बाल गायक अशोक दर्जी म्युजिक भिडियोमा फरक अवतारमा प्रस्तुत भएका छन् । अशोकलाई भिडियोको सुरुमै एक्सन हिरोको रुपमा प्रस्तुत गरिएको छ । पल र अशोकलाई सेसा पौडेल र सलिजा ओलीले अभिनयमा साथ दिएका छन् । 

म्युजिक भिडियोलाई उत्तम हुमागाईंले खिचेका छन्, भने सम्पादन बिन निरौलाले गरेका छन् । भिडियोमा कलाकारलाई नचाउने कामभने सुबोल थापाले गरेका छन् । 

भिडियो हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको