अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
उक्त ट्रेजरी बिलको भोलि (कार्तिक ३ गते सोमबार) दिउँसो ३ बजे बोलकबोल भएर कार्तिक ४ गते जारी हुने बैंकले जनाएको छ ।
बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने बाँकि चार अर्ब नयाँ हो ।
केन्द्रीय बैंकका अनुसार चार अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस