Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्ट्सको बुकक्लोज कहिले ?

अर्थ संसार

मंगलबार, ०४ कार्तिक २०७७, ०८ : १६ मा प्रकाशित

शिवम् सिमेन्ट्सको बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौं - शिवम् सिमेन्ट्स  लिमिटेडले वार्षिक साधारणसभा प्रायोजकका लागि बुकक्लोज मिति तय गरेको छ । कम्पनीले पाँचौं वार्षिक साधारणसभाका लागि कार्तिक १३ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द गर्न लागेको हो ।

त्यसैले कार्तिक १२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा कायम  भएका शेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन र नगद लाभांश पाउनेछन् ।


कम्पनीको पाँचौं वार्षिक साधारसभा कार्तिक २४ गते कम्पनीको कर्पोरेट कार्यालय, अनामनगरको सभाहल, काठमाडौंमा हुँदैछ ।

सभाले शेयरधनीहरुलाई २४.२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने लगायत विविध विषयमा छलफल गरी पारित गर्नेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको