Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले बोलायो साधारणसभा, यस्ता छन् एजेण्डा

अर्थ संसार

बुधबार, ०५ कार्तिक २०७७, १६ : ४२ मा प्रकाशित

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले बोलायो साधारणसभा, यस्ता छन् एजेण्डा

अर्थ संसार, काठमाडौँ - नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे असाेज २५ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे एघाराैँ वार्षिक साधारण सभा कार्तिक २६ गते, बुधबार काठमाडौं प्लाजा, कम्पनीकाे सभा कक्ष, नक्साल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ भने कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

सभामा सञ्चालक समितिको प्रस्ताव बमाेजिम २० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको